ओलीको सेखी झार्न भारतबाट आयो प्रचण्डलाई निम्ता

भावी प्रधानमन्त्रीका रुपमा चर्चा गरिएका नेकपा अध्यक्ष पुष्पकमल दाहाल’प्रचण्ड’लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत भ्रमणको निम्तो दिएको समाचार स्रोतले जानकारी दिएको छ ।

गत असार ३ गते श्रीमती सीता दाहालको उपचार गर्न सिंगापुर गएका, अध्यक्ष दाहाल असार १७ गते स्वदेश फर्किएपछि सार्वजनिक कार्यक्रममा विगतमा भन्दा कम देखिने र बोल्ने गरेको छन् ।

बजेटप्रति असन्तुष्ट देखिएका अध्यक्ष दाहाल प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्ट बनेको राजनीतिक वृत्तमा चर्चा चलेको छ ।

राजनीतिमा अस्थिर स्वभावका रुपमा चिनिने गरेका दाहालको भारत भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । नेपालका कम्युनिष्टहरुलाई समर्थन गरेर भारतले गल्ती गरेको बहस चलेको बेला भारतीय प्रधामन्त्री नरेन्द्र मोदीले अध्यक्ष दाहाललाई भ्रमणको निम्तो दिनु सत्ता परिवर्तनको अर्थ लगाइएको छ ।

नेपालमा दक्षिण एशियाकै शक्तिशाली कम्युनिष्ट शासनको नेतृत्व गरेका प्रधानमन्त्री ओलीले ट्रयाक छाडेर जथाभावी गर्न थालेपछि भारत सशंकित बनेको र ओलीको सेखी झार्न दाहाललाई भ्रमणको निम्तो आएको हुनसक्ने राजनीतिक वृत्तमा चर्चा चलेको छ ।

अध्यक्ष दाहालले सिंगापुरमा रहँदा भारतीय खुफिया एजेन्सी ‘र’ का प्रतिनिधिहरुसँग भेट गरेको चर्चा चलेको थियो ।प्रधानमन्त्री ओलीका हरेक अलोकप्रीय कामहरु नियालिरहेका अध्यक्ष दाहालले भारत भ्रमणबाट फर्केपछि चमत्कार गर्न सक्ने र मुलुकको राजनीतिले नयाँ मोड लिने जानकारहरुले बताएको नयाँ विमर्शमा उल्लेख छ ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.