एलियनको कथामा चलचित्र निर्माण हुने

एलियनको कथामा निर्माण भएको बलिउड र हलिउड चलचित्रले राम्रो व्यवसाय गरेका छन् । सायद त्यसैले होला नेपालमा पनि एलियनको कथामा चलचित्र निर्माण हुने भएको छ । ‘एलियन्स’ नाम राखेर चलचित्र निर्माण हुन लागेको हो ।

लोकनाथ गौतमले निर्देशन गर्ने चलचित्रको यतिबेला स्क्रिप्ट र लोकेशन हेर्ने काम भइरहेको छ । एलियनको बारे २ वर्षको रिसर्च पश्चात् चलचित्र बनाउन लागेको निर्देशक गौतमले बताए ।
एलियनको कथा भएका कारण अधिकांश दृश्य एनिमेशन र भिएफएक्स गर्नुपर्ने भएकाले चलचित्रको लागत अत्याधिक हुने निर्देशक गौतमको अनुमान रहेको छ । उच्च मेकिङका लागि भारतबाट प्राविधिक ल्याउने तयारी भइरहेको छ ।

नेपाली चलचित्र पनि स्तरिय बन्नु पर्ने र नेपाली चलचित्रलाई पनि अन्तराष्ट्रिय मार्केटमा प्रतिस्पर्धा गर्न सक्ने बनाउने लक्ष्यका यो चलचित्र निर्माण हुन लागेको हो ।
कलाकार र बाँकी टिमसहित छिट्टै चलचित्रको औपचारिक निर्माण घोषणा निर्देशक गौतमले जानकारी दिए । गौतमले यसअघि ‘रोमान्स’ र ’लभ इज लाइफ’ चलचित्र निर्देशन र निर्माण गरेका थिए ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.