एक खर्ब १६ अर्ब लगानीमा काठमाडौँमा मोनो रेल

काठमाडौं उपत्यकामा तीन वर्षभित्र मोनोरेल सञ्चालन हुने भएको छ । काठमाडौं र ललितपुर महानगरपालिकाले चीनको निर्माण कम्पनी चाइना रेलवे कन्सट्रक्सन कर्पोरेसन (सिआरसिसी) सँग मोनो रेल चलाउने सम्बन्धमा सहमति गरेका छन् ।

काठमाडौं महागरपालिकाका मेयर विद्यासुन्दर शाक्य र ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन तथा सिआरसिसीका महाप्रबन्धक झाउ सिआओबीच उपत्यकामा मोनो रेल निर्माणबारे बिहीबार हस्ताक्षर भएको हो ।

एक खर्ब १६ अर्ब लागत अनुमान गरिएको मोनो रेलका लागि आवश्यक संरचना तीन वर्षमा निर्माण गरिने सम्झौता गरिको छ । मोनोरोलको संरचना निर्माण भएपछि चिनियाँ कम्पनीले केही समय सञ्चालन गरेर हस्तान्तरण गर्ने सहमति भएको छ ।

विज्ञहरुसँग छलफल गरेर एक महिनाभित्र चिनियाँ कम्पनीलाई विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न दिइने भएको छ ।

तीन चरणमा निर्माण गर्ने गरी सम्झौता भएको काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए । उनका अनुसार ६ महिनाभित्र डीपीआर तयार गरि तीन वर्षमा निर्माण पूरा गर्ने लक्ष्य राखिएको छ ।

कोटेश्वर-कलंकी, कलंकी-महाराजगन्ज र महाराजगन्ज-कोटेश्वर खण्ड गरी तीन चरणमा मोनोरेलको निर्माण हुनेछ । महानगरमा तीन हजार यात्रु बोक्न सक्ने र प्रतिघण्टा एक सय किलोमिटर दगुर्ने मोनो रेल सञ्चालन हुने छ ।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.