उपेन्द्र यादव सरकारमा, अशोक राई सरकारको विरोधमा

सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय उपाध्यक्ष हेमराज राईले मुलुकको समृद्धिका लागि वर्तमान सरकारले ठोस नीतिसहितको प्रभावकारी कार्यक्रम ल्याउन नसकेको आरोप लगाएका छन् ।

शनिबार सुनसरीमा आयोजित इटहरी उपमहानगरपालिकास्तरीय पार्टी प्रशिक्षण कार्यक्रममा उनले पार्टी सरकारमा भए पनि सरकारको कतिपय कार्यलाई स्वीकार गर्न नसकिने बताए ।

उपाध्यक्ष राईले पार्टीको अवधारणा र भावी रणनीतिका विषयमा प्रशिक्षण दिए । पार्टी सचिव पर्शुराम बस्नेतले पार्टीले अघि सारेको नीति, कार्यक्रम र अनुशासनका विविध पक्षमाथि प्रकाश पारे ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.