आर्यन र साम्राज्ञीको जोडी पर्दामा कहिले हेर्न पाउने दर्शकले?

आर्यन सिग्देल र साम्राज्ञी राज्यलक्ष्मी शाहको जोडीलाई दर्शकले पर्दामा हेर्न पाउने दिन अब नजिक आइ रहेको छ साउन १८ गते बाट यो जोडीको चलचित्र ‘कायरा’ प्रदर्शनमा आउने छ । ‘कायरा’ को प्रदर्शन मिति मिति नजिकिँदै गर्दा आर्यन र साम्राज्ञीको मुटुको धड्कन बढ्न थालेको छ दर्शक पनि चलचित्र हेर्न आतुर छन् ।

चकलेटीको हिरोको रुपमा चिनिएका अभिनेता आर्यनको केहि बर्षको ग्यापमा यो चलचित्र आउदै छ र अहिलेकी ‘हट केक’ अभिनेत्री साम्राज्ञीसंग आर्यनको जोडी भएकोले पनि दर्शक चलचित्र हेर्न उत्साहित देखिएका छन् । यति बेला यो जोडी प्रचार प्रसारमा व्यस्त बनेका छन् ।

फिलिपिन्समा छायांकन गरिएको चलचित्र आर्यन र साम्राज्ञीको माया कै सेरोफेरोमा घुमेको छ लब स्टोरी चलचित्र ‘मेरो एउटा साथी छ’ ले आर्यन सिग्देल लाइ नेपाली चलचित्रमा स्थापित नै गराईदियो यो चलचित्र पनि लब स्टोरी नै भएकोले आर्यन अझ धेरै आशाबादी देखिएका छन् ।

लब स्टोरी जनराको चलचित्रमा मात्र देखीइ रहेकी साम्राज्ञीको पहिलो चलचित्र ‘ड्रिम्स’ र दोस्रो चलचित्र ‘ए मेरो हजुर २’ ले उनलाई चर्चित बनाइदियो । आर्यन र साम्राज्ञी दुवै लब स्टोरी जनरामा बढी नै बिश्वाश गर्ने भएकाले पनि यस चलचित्रमा बढी नै आशाबादी देखिएका छन् ।

लक्ष्मण रिजालले निर्देशन गरेको चलचित्र ‘कायरा’ आर्यन सिग्देल इन्टरटेनमेन्ट र आर एण्ड आर प्रोडक्सनको व्यानरमा निर्माण भएको हो । चलचित्रका कार्यकारी निर्माता राजेन्द्र भट्ट हुन् । दिनेश थापा र दिवस पराजुली सहनिर्माता रहेका छन् ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.