आफ्नै विद्यार्थीको गुप्ताङ्ग सुम्सुमाउने प्रअलाई गाउँलेले जुत्ताको माला र कालोमोसो लगाई गाउँ डुलाए

स-साना बालबालिकालाई यौन शोषण गर्ने पर्वत जिल्लाको फलेवास नगरपालिका वडा नम्वर–६मा रहेको माझीगाउँ प्राथामिक विद्यालयका प्रधानध्यापक खिलप्रसाद पौड्याललाई  आक्रोषित महिलाहरुले कालोमोसो दलेर जुत्ताको माला लगाई गाउँ डुलाएका छन । आक्रोशित महिलाहरुले अन्तमा ति शिक्षक्लाई आबस्यक कानुनी कारबाहीका लागि प्रहरीलाई बुझाएका छन् l

हाल प्रहरी हिरासतमा रहेका शिक्षक पौड्यालविरुद्ध त्यस विद्यालयका ७ देखि १२ वर्ष उमेरका तीन वटी वालिकालाई अप्राकृतिक मैथुन विरुद्धको मुद्दा दायर गरिएको पर्वत जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दिलिप घिमिरेले जानकारी दिएका छन ।

दुई वर्ष देखि त्यस विद्यालयमा प्रधानाध्यापक भएर आएका पौड्याल डोल्पा, म्याग्दीको झिं, फलेवास कै पाङ र कुर्घाको विद्यालय हुँदै आएका रहेछन । पीडित वालिकाहरु संगको कुराकानी बुझ्दा उनिबाट यौन हिंसामा परेका वालिकाहरु चार वटी रहेछन ।

एउटी व्राह वर्षिया वालिका त्यस विद्यालयबाट कक्षा ५ पास भई अर्को विद्यालयमा कक्षा ६ भर्ना जाने १२ वर्षिया वालिकालाई तिम्रो घर मै आएर ट्युशन पढाउँछु भने छन । उनले सर हामी गरिव छौं सक्दैनौ भनिछन । उनका वावु आमाले पनि सक्दैनौ भने छन ।

ती शिक्षकले पैसा पर्दैन म सित्तैमा पढाई दिन्छु भनेर पाँच दिन सम्म ट्युशन पढाउन भन्दै उनको घरमा पुगेछन । ट्युशन पढाउने त्यो पाँच दिन भित्र उनले आफ्नो अभिष्ट पुरा गर्नेतिर लागे छन । पछि बन्दै गरेको भवनको पछाडी शौचालयमा लगेर यौनिक कृयाकलाप गरेबाट क्रमशः अरु थप तिन जना वालिकाहरु उनको शिकार बन्दै आए ।
एउटी १० वर्षिया वालिकालाई बैशाखमा तिन पटक , जेठमा ३ पटक र असार ८ गते एक पटक गरी सात पटक सम्म आफुलाई यौनाङ्गमा ती सरले लाजमर्दो कार्य गरेको उनले बताईन । उनकी आमाले भनिन–‘ छोरी टाउँको दुख्ने रिङ्गाटा लाग्ने विरामी पर्न थाली हामीलाई शंका लागेर सोद्धा ती सरले त्यस्तो घिन लाग्दो कार्य गरेको खुलेको थाह पाएका हौं ।

ती १० वर्षिया वालिकालाई पहिलो पटक यसो गरे –‘ वालिकाकै शव्दमा हामी सवै जनालाई चौरमा पढ्न हिड भनेर लैजानु भयो । हामी सवै गयौ । मैले कलम कक्षा कोठा मै विर्सेछु । म फर्केर आएँ । त्यही वेलामा मेरो‘‘ मा औला राख्नु भयो ।  अंगमा समात्नु भयो । म चिच्चाएँ । मेरो मुख थुनि दिनु भयो । कराईस र कसैलाई भनिस भने मारेर वोरामा हालेर कसैले नदेख्ने ठाउँमा लगेर फाली दिन्छु भन्नु भयो । पछिल्ला ६ चोटी सम्म पनि त्यही भनेर डराउन दिएकोले नभनी बसेकी हुँ ।’ती वालिकाहरुका अनुसार उनिहरुका हातहरु समातेर उनको गुप्ताङ्ग सुम्सुमाउन लगाईन्थ्यो । अप्राकृति मैथुन गर्न लगाईन्थ्यो । उनि भन्दा कान्छी ७ वर्षिया वालिकालाई समेत छाडेनन उनले ।

धमाधम चारै जना वालिकाहरु टाउँको दुख्ने विमार लाग्न थाले पछि कुरा खोल्न बाध्य भए । ती शिक्षकको घरमा दुई छोरा, सहकारीमा काम गर्ने भर्खर कै श्रीमति रहेको स्थानियले बताए । सवै भन्दा गाह्रो हस्त र मुख मैथुन रहेको उनिहरु वताउँछन ।

‘विद्यालय कै शिक्षकबाट यति सम्म यौनिक अपराध रु कसरी सुरक्षित राख्ने छोरीहरु रु यस्तो प्रश्न गर्दै ती वालिकाकी आमा भन्छिन–‘ त्यस्ता अपराधीलाई त फाँसी नै दिनु पर्ने हो तर नेपालमा त्यस्तो कानुन छैन । कानुले दिए सम्मको कडा कार्वाहीको हामी माग गर्दछौं ।

Credit : janasanchar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.