आजका पत्रपत्रिकाका सम्पादकीय: ‘आपराधिक गतिविधिलाइ मलजल नगरौं’

ईरानको रामसार सहरमा सन् १९७१ मा त्यस्तो पहिलो सम्मेलन भयो उसले सिमसारसम्बन्धी छलफल भयो । समसार भनेको त्यस्तो ठाउँ जहँ पानी सुक्दैन, जनिम लुक्दैन । अझै पनि सिमसारलाई रामसार, रामसाारलाई सिमसार भनिन्छ । झुक्किएर होस् वा नझुक्किई ।

प्रकृतिको यो महत्वपुर्ण सम्पदा भने हामीसँग झुक्किँदै सक्दै गएको छ र हामीलाई झुक्याउँदै लुक्दै गएको छ ।, आजको कान्तिपुर दैनिकमा रामसारपछि सिमसार शिर्षकमा सम्पादकीय छापिएको छ ।

सार्वजनिक जग्गा कौडीको भाउमा व्यापारिक संस्थालाई दिएर व्यक्ति मोटाउने तर राज्य दुब्लउने काम भईरहेको छ । यसबाहेक त्यसलाई विक्रीवितरण नै गरी मास्ने गरेको देखिन्छ ।

सार्वजनिक जग्गा कसैले किनिहाले त्यो कुनै पनि बेला रद्ध हुने व्यवस्था गर्न सके त्यसको दुरुपयोग रोकिन सक्थ्यो ।, आजको नागरिक दैनिकमा जमिन जोगाखौँ शिर्षकमा सम्पादकीय छापिएको छ ।
नेपालको बैकिङ क्षेत्रमा बेलाबेलामा तरलता अभाव वा अधिक भएको आवाज निकै चर्को रुपमा उठ्ने गर्छ । देशमा मौद्रिक स्थायित्व मुल दायित्व बोकेको नेपाल राष्ट्र बैंकको बर्षको आधा समय त बैंकिङ क्षेत्रको तरलतासम्बन्धी मुद्धाकै छिनोफानोमा बित्छ ।

सीमित बैंकहरुको प्रभावमा पारेर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा गरेका व्यवस्थाहरुबारे नै अहिले प्रश्न उब्जिएको छ ।, आजको कारोवार दैनिकमा बैंकिङ क्षेत्रका समस्या शिर्षकमास सम्पादकीय छापिएको छ ।

आमसञ्चार माध्यममा करिव ३ महिनासम्म मुख्य समाचार बनेको ३३ किलो सुनकाण्डको विषय अहिले सुनसनझै बनेको छ ।

सो काण्डमा मुछिएका ब्यक्तिलाई कारवाहीको दायरमा ल्याउन बनेको छानविन समितिले तयार पारेको प्रतिवेदन सुझाए पनि थप कारवाही अघि बढ्न सकेको छैन ।, आजको नेपाल समाचारपत्रमा आपराधिक गतिविधिलाई मलजल नगरौं शिर्षकमा सम्पादकीय छापिएको छ ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.