आईजीपीकै अगाडि प्रदीपको बयान– निर्मला पन्तलाई मैले मारेको हुँ

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा पत्ता लागेका छन् । प्रहरीको लामो अनुसन्धानपछि कञ्चनपुरकै एक युवकले निर्मलाको हत्या गरेको स्वीकार गरेका हुन् ।

पन्तको बलात्कारपछि हत्या भएपछि लामो समयदेखि सरकार र प्रहरीलाई नै चकित बनाइरहेका बेला भीमदत्त नगरपालिका–१८ का प्रदीप रावलको संलग्नता रहेको प्रहरी प्राम्भिक निर्ष्र्कषमा पुगेको प्रहरी स्राेतले बतायाे ।रावलले पन्तको हत्यामा आफ्नो संलग्नता रहेको स्वीकार गरेका छन् । आईजीपी सर्वेन्द्र खनाल स्वयंले रावलसँग बयान लिएका थिए ।

आईजीपी खनालकै अगाडि निर्मलाको हत्या गरेका स्वीकार गरेका हुन् । ‘निर्मला पन्तलाई मैले नै मारेको हुँ । पक्राउ पर्ने डरले भाग्दै आएको थिएँ’ उनले बयानमा भनेका छन् । उनले प्रहरी समक्ष साबिती बयान दिए पनि प्रहरी निर्मलाका हत्यारा रावल नै भएको भनेर एकिन भने गरिसकेको छैन् । उनमिाथि बयान लिने काम जारी रहेको प्रहरी स्रोतले बतायो ।

यद्यपी प्रहरीले यसबारे पत्रकार सम्मेलन गरेर सार्वजनिक भने गरेको छैन् । निर्मलाको हत्या भएपछि भारत छिरेका रावलबारे प्रहरीले विशेष निगरानी राखेको थियो । उनी कञ्चनपुरबाट भारत छिरेको प्रहरीले विशेष सूचना पाएपछि सादा पोसाकमा प्रहरी परिचालन गरे पनि फेला पार्न सकेको थिएन ।

उनी मंगलबार काठमाण्डुबाट पक्राउ परेका थिए । प्रहरीले उनको डीएनए परिक्षणका लागि पनि पठाएको छ । गत साउन १० गते साथिकाे घरमा होमवर्क गर्न गएकी बालिका ११ गते उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.