अस्पतालको सेवा निरन्तर प्रवाह गर्न सरकारको निर्देशन : आन्दोलन गर्ने डाक्टर सेवाबाट निलम्वन हुने

विभिन्न बाहानामा सरकारी अस्पतालका डाक्टरहरुले सेवामा प्रभावित पर्ने काम गरे कार्हवाही गर्न सम्बधित निकायलाई सरकारले निर्देशन दिएको छ । मन्त्रालयले उपत्यकाका प्रमुख सात वटा केन्द्रीय अस्पतालसहित अञ्चल तथा जिल्ला अस्पतालका प्रमुखहरुलाई लाई पत्र लेखि

सेवा प्रवाहको बारेमा २४ घण्टा भित्र जानकारी दिन समेत निर्देशन दिएको छ । वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल थापाथलीरहेका छन् ।

त्यसैगरी कान्ति बाल अस्पताल महाराजगंज ,मनसिक अस्पताल पाटन, आयुर्वेद चिकित्सालय नरदेवी लगायतलाई मन्त्रालयले स्वास्थ्य क्षेत्रको संबेदनशिलतालाई मध्यनजर गरी सेवा प्रवाहमा कुनै खालको अवरोध नगर्न पनि निर्देशन जारी गरिसकेको छ ।

स्वास्थ्य मन्त्रालयका सहसचिव मधुसुदन बुर्लाकोटीद्धारा हस्ताक्षरित चिठ्ठीमा कुनै पनि अस्पतालमा सेवा अवरोध भएको भए के कति कारणले अवरोध भएको हो भन्ने बारे खुलाएर पत्र समेत पठाउन भनिएको छ । मन्त्रालयमा जानकारी गराउदा प्रत्येक दिनको बहिरंग सेवा,

साधारण शल्यक्रिया, जटिल शल्यक्रिया, अन्तरंग विरामीसंख्या, रिफरल सेवा, आकस्मिक सेवा बारेमा जानकारी दिन मन्त्रालयलय मातहताका निकायाहरुलाई निदेशन दिएको छ ।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.