भित्तेलेखन गरिरहेका नेकपाका ६ जना नेता तथा कार्यकर्ता गिरफ्तार

निर्मला पन्तलाई वलात्कार गरी हत्या गर्ने हत्यारालाई कारवाहीको माग राख्दै भित्तेलेखन गरिरहेका विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ६ जना नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले शनिबार दिउँसो पोखराबाट गिरफ्तार गरेको छ  । प्रहरीको गिरफ्तारीमा पर्ने नेकपाका नेता तथा कार्यकर्ताहरुमा नेकपा कास्कीका सदस्य रविन्द्र राई, अखिल क्रान्तिकारी कास्कीका सचिव पवन पुन, सदस्यहरू सुर्य गुरूङ, गगन परियार, उज्ज्वन पुन तथा … Continue reading भित्तेलेखन गरिरहेका नेकपाका ६ जना नेता तथा कार्यकर्ता गिरफ्तार

राज्यसत्ताकै कारण मुलुकमा गम्भीर राजनीतिक संकट भएकोमा मानवाधिकारकर्मीको चिन्ता

अधिकारकर्मीहरुले राज्य नै मानव अधिकार र प्रेस स्वतन्त्रताको घाँटी निमोठ्न उद्यत रहेको बताएका छन् । राज्यसत्ताकै कारण मुलुकमा गम्भीर राजनीतिक संकट निकट बन्दै गएको भन्दै उनीहरुले गहिरो चिन्ता व्यक्त समेत गरेका छन् । क्रान्तिकारी पत्रकार संगठन नेपालको केन्द्रीय आयोजनामा कञ्चपुरको महेन्द्रनगरमा शनिबार आयोजित ‘बृहत् अन्तरक्रिया कार्यक्रम’मा अतिथिको रुपमा बोल्दै मानवअधिकारवादी, संचारकर्मी, कानून व्यवसायी, नागरिक अगुवा … Continue reading राज्यसत्ताकै कारण मुलुकमा गम्भीर राजनीतिक संकट भएकोमा मानवाधिकारकर्मीको चिन्ता

राज्यका नि:शुल्क सुविधाबाट ज्येष्ठ नागरिक बन्चित,ज्येष्ठ नागरिकलाई बेवास्ता गरिएको गुनासो

राज्यले दिने विभिन्न सेवाबाट आफूहरूलाई वञ्चित गरेको ज्येष्ठ नागरिकहरूले गुनासो गरेका छन् । राज्यप्रदत्त सेवा, यातायात, स्वास्थ्य तथा अन्य क्षेत्रमा समेत ज्येष्ठ नागरिकलाई बेवास्ता गरिएको ज्येष्ठ नागरिक संघ रोल्पाका अध्यक्ष तेजराज आचार्यले बताए । ‘बजेट विनियोजन तथा ज्येष्ठ नागरिकले पाउनुपर्ने सेवा–सुविधाका विषयमा हुने छलफलमा हामीलाई बोलाइँदैन’ अध्यक्ष आचार्यले भने, ‘पहिले महिला तथा बालबालिका कार्यालयबाट केही बजेट आउँथ्यो, … Continue reading राज्यका नि:शुल्क सुविधाबाट ज्येष्ठ नागरिक बन्चित,ज्येष्ठ नागरिकलाई बेवास्ता गरिएको गुनासो

दुवईस्थित नेपाली दूतावास नै मानव तस्करीमा

ठूलो खर्च गराएर नक्कली कागजातका आधारमा यूएई ल्याउने धन्दामा नेपाली दूतावाससमेत सामेल भएको पाइएको छ।  अनुसन्धानका क्रममा सयौं डकुमेन्ट भेटिएको र प्रविविको प्रयोग गरेर भिजिट भिसालाई रोजगार भिसा बनाइएको समाचारमा उल्लेख छ । अन्नपूर्णले दूतावासनै मानव तस्करीमा लागेको पुष्टि अगाडि लेखेको छ– दुवईस्थित फाल्कोन फोर्स प्रोपर्टी गार्ड एन्ड सर्भिलिएन्स एलएलसीले युएई ल्याएको २ सय ७१ नेपाली … Continue reading दुवईस्थित नेपाली दूतावास नै मानव तस्करीमा

बदनाम पप्पु कन्स्ट्रक्सन कम्पनीलाई फेरि दुई अर्बको सरकारी नयाँ ठेक्का

दर्जनौं पुल र सडक अलपत्र पार्ने पप्पु कन्स्ट्रक्सनले फेरि २ अर्ब रुपैयाँभन्दा बढीको सरकारी ठेक्का पाउने भएको छ । नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय भवन निर्माणका लागि टेन्डरमा सहभागी १२ कम्पनीमध्ये सबभन्दा कम दररेट प्रस्ताव गर्ने पप्पु छानिने निश्चित भएको हो । पुनर्निर्माण प्राधिकरणको सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखाले आइतबार औपचारिक रूपमा यसको घोषणा र … Continue reading बदनाम पप्पु कन्स्ट्रक्सन कम्पनीलाई फेरि दुई अर्बको सरकारी नयाँ ठेक्का

नेकपाको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान कास्की र पर्वतको सीमामा तिब्र, जनप्रतिनिधिकै घरमा जनभेला

नेत्र बिक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले संचालन गरेको तीन महिने अन्तरगत गण्डक क्षेत्रमा सहिद तथा बेपत्ता परिवार, उत्पीडित क्षेत्र-समुदाय, महङ्गि र करले थिचिएका जनतासङ्ग भेटघाट, छलफल, अन्तरक्रिया गर्ने कार्यलाई तिब्रता दिएको छ भने सोही क्रममा  सङ्गठन सुदृढीकरण तथा बिस्तार गर्ने कामलाई निरन्तरता दिईरहेको छ। यसै क्रममा नेकपाका नेता तथा कार्यकर्ताहरु जनताको घरदैलो, चोक, आँगनसम्म … Continue reading नेकपाको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान कास्की र पर्वतको सीमामा तिब्र, जनप्रतिनिधिकै घरमा जनभेला

गोप्य फाइल हेर्दै रातभरी बस्छन् प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओली राती २ बजेमात्र सुत्छन् भनेर बाहिर चर्चा चल्ने गरेको छ तर उनी किन बस्छन् भन्ने धेरैलाई थाहा छैन ।समाचारस्रोतका अनुसार उनी प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र नेकपाका महासचिव विष्णु पौडेलसँग गोप्य बैठक गरेर राती बस्छन् । यो गोप्य बैठकमा ओलीका कुनै पनि स्वकीय हुँदैनन् तर आवश्यक परेमा केही बाहिरी मानिसलाई … Continue reading गोप्य फाइल हेर्दै रातभरी बस्छन् प्रधानमन्त्री

खानेपानी मन्त्री विना मगरकाे मन्त्रालय अन्तरगत रहेका याेजनामा ब्यापक भ्रष्टाचार भएकाे खुलासा

प्रधानमन्त्री केपी अाेलीले भ्रष्टचारीलार्इ कुनै पनि हालतमा नछाेड्ने बताइरहेका बेला उनकै पार्टीका नेतृत्व गरिरहेकाे खानेपनी मन्त्रालय अन्तरगत रहेकाे याेजनमा ब्यापक भ्रष्टाचार भइरहेकाे खुलासा भएकाेे छ। नेकपा नेतृ विना मगरले नेतृत्व गरिरहेकी मन्त्रालय अन्तरगत रहेकाे –मेलम्ची खानेपानी आयोजनामा ब्यापक भ्रष्टाचार भइरहेकाे खुलासा भएकाे हाे। मेलम्ची खानेपानी आयोजनाको लागि ल्याइएको ३ सय ४० बोरा सिमेन्ट निजी पसलमा … Continue reading खानेपानी मन्त्री विना मगरकाे मन्त्रालय अन्तरगत रहेका याेजनामा ब्यापक भ्रष्टाचार भएकाे खुलासा

नेकपाको कमिटि गठन : गणेशमान पुनमाथि ब्रेक दबाइयो, यी नेताको सिकार बन्दा अटेनन् सुचिमा

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले सातै प्रदेशका इन्चार्ज अध्यक्ष तथा सह-इन्चार्ज तोकेको छ । तर, नेकपाको प्रदेश ५ मा भने वर्तमान उर्जामन्त्री बर्षमान पुन अनन्तले इन्चार्ज पूर्व एमालेको भागमा परेपछि आफ्नी श्रीमतिलाई अध्यक्ष बनाएरै छाडेका छन् । नेकपामा पूर्वमाओवादीबाट अन्य नेताहरु समेत आकांक्षी रहेको बुझिएपनि प्रचण्ड ओलीलाई घुर्क्याएरै नेपालको राजनीतिज्ञ तथा रुपान्तरित व्यवस्थापिका संसदकी सभामुख ओनसरी … Continue reading नेकपाको कमिटि गठन : गणेशमान पुनमाथि ब्रेक दबाइयो, यी नेताको सिकार बन्दा अटेनन् सुचिमा

पूर्व उद्योगमन्त्री बस्नेतले गरे सरकार गिराउन यी शक्ति लागेको सनसनीपूर्ण खुलासा !

नेपाल कम्‍युनिष्ट पार्टीका नेता एवम् पूर्व उद्योगमन्त्री तथा प्रतिनिधिसभाका सदस्य महेश बस्नेतले दुर्इ तिहार्इ बहुमत प्राप्त सरकारलाई गिराउने चलखेल भइरहेको बताएका छन्। उनले देशमा सरकारलाई फुटाउने र फेरि अस्थिरता ल्याउन विदेशी तत्व सक्रिय भएको दाबी गरे । पत्रकारले जथाभावी लेख्न पाउनुपर्छ, डाक्टरले जथाभावी उपचार गर्न पाउनुपर्छ, चालकले जथाभावी मान्छे मार्न पाउनुपर्छ भनेर आन्दोलन गर्ने गरेका … Continue reading पूर्व उद्योगमन्त्री बस्नेतले गरे सरकार गिराउन यी शक्ति लागेको सनसनीपूर्ण खुलासा !